— डा. केशव बलिराम हेडगेवार
“हिन्दू समाजले भोग्ने समस्याहरू हाम्रा आफ्नै समस्या हुन् र यसको अपमान हाम्रै अपमान हो। यस्तो आत्मीयताको भावना प्रत्येक हिन्दूमा हुनु आवश्यक छ। यही हिन्दू धर्मको आधार हो।”
संघ गतिविधिहरू
HSS मा सामेल हुनुहोस्
नेपालभर हिन्दू परम्पराहरूको संरक्षण गर्दै समुदायहरूको सेवा गर्दै।
दैनिक शाखा, समाज सेवा र सांस्कृतिक अभियानमार्फत हिन्दू स्वयंसेवक संघ, नेपालले युवा र परिवारलाई जोड्ने काम गर्छ। हामी अनुशासित जीवन, सेवाभाव र आध्यात्मिक चिन्तनलाई व्यवहारमा उतार्न प्रेरित गर्छौं।
संगठन रचना
भौगोलिक
- ७ सम्भाग
- २४ विभाग
- ७७ जिल्लाहरू
कार्यगत
राष्ट्रिय कार्यसमिति, सम्भाग, विभाग, जिल्ला र स्थानीय स्तरका समिति तथा प्रचारक, विस्तारक
हाम्रा गतिविधि र उद्देश्य
हाम्रो मुख्य उद्देश्य नेपालको गौरवशाली हिन्दू परम्परालाई पुनर्जागृत गर्दै युवाहरुलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्नु हो।
सेवा र समर्पण: विपद्का बेला राहत कार्य, सामुदायिक सेवा अभियान र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन।
संस्कार: नियमित शाखा, साप्ताहिक मिलन र संघ मण्डलीहरुमार्फत बालबालिका तथा युवाहरूमा आध्यात्मिक र नैतिक मूल्यमान्यताको विकास।
शाखा तथा प्रशिक्षण
सामुदायिक सेवा
सांस्कृतिक कार्यक्रमहरू
विपद् राहत तथा पूर्वतयारी
शिक्षा तथा जनचेतना
स्वास्थ्य तथा कल्याण
स्थापनाको ३५ औं वर्ष
दैनिक शाखाहरू
साप्ताहिक मिलन
संघ मण्डली
हाम्रो प्रभाव
नेपालमा समर्पित सेवा
विगत ३५ वर्षदेखि हिन्दू स्वयंसेवक संघ नेपालले देशभर तल्लो तहसम्म पुगेर दैनिक शाखा, साप्ताहिक मिलन र संघ मण्डलीका माध्यमबाट हिन्दू समाजको निरन्तर सेवा गर्दै आएको छ।
थप जानकारी लिनुहोस्
एचएसएस नेपालका पछिल्ला गतिविधिहरू
एकता, अनुशासन र सेवाको भावना आत्मसात् गर्दै सञ्चालित हाम्रा दैनिक शाखा, सेवामूलक कार्य तथा सांस्कृतिक गतिविधिहरूको एक झलक।




























संस्कार . सेवा . संगठन
“संगठनमा एउटा अनुशासन हुन्छ । संगठनका परमाणु; यसका एकाइ अनुशासन, अपनत्व र समाज–हितका सम्बन्ध सूत्रमा बाँधिएर रहन्छन् । तिनमा स्नेहको आकर्षण अत्यधिक हुन्छ । चट्टान भारी, अटूट, सुदृढ हुन्छ किनभने त्यसका सबै अणु–परमाणुले एक–अर्कालाई दृढताका साथ समाएका हुन्छन् । तिनको संगठन कति सुदृढ हुन्छ भने तिनलाई हथौडाले पनि सहजै तोड्न सकिँदैन । तर जुन पदार्थको अणु–रेणु संगठित हुँदैनन् त्यसको नाश शीघ्र हुन्छ,जस्तै फुङ्ङ उड्ने माटो। यही सोझो र सरल तत्व ध्यानमा राखेर समाजलाई संगठित, अभेद्य र शक्तिशाली बनाउनका लागि संघले जन्म लिएको छ ।”
— डा. केशव बलिराम हेडगेवार
