वयम् राष्ट्राङ्गभूता

हामी राष्ट्राङ्गभूता भनी प्रार्थनामा दिनै स्मरण गर्दछौँ।

‘राष्ट्राङ्गभूता’ को शाब्दिक अर्थ हुन्छ— “राष्ट्रको अंग हुनु”।

हामी तीन करोड नेपालीहरू यो विशाल र पवित्र ‘नेपाल राष्ट्र’ रूपी शरीरका अभिन्न अंगहरू हौं। जसरी शरीरका हरेक अंगले सिङ्गो शरीरको हितका लागि काम गर्छन्, त्यसरी नै हामीले पनि नेपालको हितमा समर्पित हुनुपर्छ।

जब हामी आफूलाई नेपाल आमाको अंग वा सन्तान ठान्छौं, तब मनमा “देशले मलाई के दियो?” भन्ने गुनासो होइन, “मैले देशलाई के दिन सकें?” भन्ने समर्पण जागृत हुन्छ। एउटा हातले शरीरसँग कहिल्यै केही माग्दैन, बरु शरीरको रक्षा गर्न सधैं अघि सर्छ। त्यसैगरी, एक सच्चा नागरिकले आफ्नो स्वार्थभन्दा माथि उठेर राष्ट्रको उन्नतिमा योगदान दिन्छ।

यो भावना आज प्रत्येक नेपालीमा जागृत हुन आवश्यक छ।