वार्षिक कार्यक्रम एवं पर्वहरु

विभिन्न उत्सव, दैनिक शाखा र सेवा कार्यमार्फत हिन्दू स्वयंसेवक संघ नेपालले स्वयंसेवक तथा परिवारहरुलाई अनुशासन, भक्ति र सेवाभावका साथ हिन्दू जीवनपद्धति—जीवन–मूल्यहरु अपनाउन प्रेरित गर्दै आएको छ।

1. श्रीगुरुपूर्णिमा उत्सव:

गुरुहरूप्रति कृतज्ञताको भाव प्रकट गर्ने पर्व श्रीगुरुपूर्णिमा उत्सव संघले गुरुका रूपमा स्थापना गरेको परम् पवित्र भगवाध्वजको पूजनपूर्वक  देशभरमा मनाइञ्छ । गुरुपूजनसँगै त्याग र समर्पणको भावले अभिप्रेरित भएर स्वयंसेवकहरू द्वारा निस्वार्थ भावले श्रीगुरुदक्षिणा समर्पण कार्यक्रम देशभरि नै सम्पन्न गरिन्छ। यही गुरुदक्षिणा नै संघ कार्यको आधार हो । 

2. रक्षाबन्धन कार्यक्रम :

समाज तथा राष्ट्र रक्षाको दायित्व बोध गराउने पावन पर्व रक्षाबन्धनमा स्वयंसेवकहरुले सर्वप्रथम परम पवित्र भगवा ध्वजलाई रक्षा सूत्र (राखी) अर्पण गरी एक-आपसमा रक्षाबन्धन गर्दछन्। यो उत्सव देशभरका शाखाहरुमा भव्य रुपमा मनाइन्छ।

3. विजयादशमी उत्सव :

विजयादशमीको अवसरमा कतिपय शाखाहरुमा संघ स्थापना दिवस उत्सवका रुपमा मनाइन्छ। यस क्रममा स्वयंसेवकहरु पूर्ण गणवेश (संघको निर्धारित पोषाक) मा उपस्थित भई विशेष कार्यक्रमहरु आयोजना गर्दछन्।

4. मकर संक्रान्ति (माघे संक्रान्ति) उत्सव :

सामाजिक समरसताको पर्व मकर संक्रान्तिका अवसरमा देशभरका शाखाहरुमा वनभोज तथा सामुहिक खिचडी सहभोज कार्यक्रम आयोजना गरिन्छ। साथै, विभिन्न पवित्र तीर्थस्थलहरुमा श्रद्धालुहरुलाई खिचडी प्रसाद वितरण लगायतका विविध सेवामूलक कार्यक्रमहरु गरिन्छ।

5. आद्य सरसंघचालक प्रणाम:

वर्षप्रतिपदा एवं संघका संस्थापक परम् पूजनीय आद्य सरसंघचालक डा. केशव बलिराम हेडगेवार ज्यूको जन्मजयन्तीको अवसरमा स्वयंसेवकद्वारा देशका विभिन्न स्थानमा पूर्ण गणवेशमा स्वयंसेवक सम्मेलन गरी आद्य सरसंघचालक प्रणाम गरिने गरेको साथै पथ–सञ्चलन कार्यक्रम गरिन्छ ।

6. नववर्ष उत्सव :

वैदिक कालगणना अनुसार हिन्दू नववर्षलाई हर्षोल्लासका साथ मनाउने सन्देश दिन प्रत्येक वर्ष बैशाख १ गते विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ। यस क्रममा देशभर दीप प्रज्ज्वलन, महाआरती, सांस्कृतिक प्रस्तुति एवं शुभकामना आदान-प्रदान गरिन्छ। संघको प्रयासका कारण अहिले कीर्तन मण्डली, मन्दिर समिति र स्थानीय संघ-संस्थाहरुले पनि उत्साहका साथ नववर्ष मनाउने लहर चलेको छ।

विशेष कार्यक्रम , स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा:

स्वामी विवेकानन्दको “आदर्श विद्यार्थी ने आदर्श नागरिक” भन्ने उद्धोषलाई आत्मसात् गर्दै नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जगाउन यो परीक्षा सञ्चालन गरिन्छ।

  • समय: प्रत्येक वर्षको माघ र फागुन महिना।
  • सहभागिता: देशभरका लगभग ४५–५० स्थानमा सञ्चालन हुने यस परीक्षामा वार्षिक करिब ३० हजार विद्यार्थी र ३,५०० भन्दा बढी शिक्षकहरूको सक्रिय सहभागिता रहने गरेको छ।

थप जानकारी लिनुहोस्

एचएसएस नेपालका पछिल्ला गतिविधिहरू

एकता, अनुशासन र सेवाको भावना आत्मसात् गर्दै सञ्चालित हाम्रा दैनिक शाखा, सेवामूलक कार्य तथा सांस्कृतिक गतिविधिहरूको एक झलक।

संस्कार . सेवा . संगठन

“शक्तिवान् र महत्वाकांक्षीलाई आक्रामक बन्नका लागि प्र्रोत्साहन अथवा प्रेरणा कसले दिन्छ ? दुर्बल समाजले । दुर्बलता महापाप हो । कुनै पनि समाज दुर्बल नरहने हो भने यो विश्व शान्तिपूर्ण हुनेछ । विश्वका माथि मडारिने सबै विपत्तिहरूलाई पन्छाउनका लागि सबै समाज बलिष्ठ एवं संघटित बनून्, यही एकमात्र उपाय हो ।… संघको ध्येय आफ्नो धर्म, आफ्नो समाज र आफ्नो संस्कृतिको रक्षाका लागि हिन्दूहरूको सक्षम संगठन गर्नु हो । यसबाट हाम्रो गुमेको आत्मविश्वास पुनः जागृत हुनेछ र यसको सामर्थ्यका अगाडि आक्रामकहरूको उद्दण्ड प्रकृति फितलो हुनेछ । उनीहरू हामीमाथि आक्रमण गर्नेबारे फेरि विचार पनि गर्नसक्ने छैनन् ।”

— डा. केशव बलिराम हेडगेवार