संस्कृति बाहिरबाट थोपर्ने विषय नभई परिवारबाटै हस्तान्तरण हुने कुरा हो।
आउनुहोस्, यसबारे थोरै चिन्तन गरौँ—
• ‘संस्कृति’ कुनै किताबको पाठ वा बाहिरबाट ल्याएर सजाइने वस्तु होइन; यो त हजुरबुबा-हजुरआमाको काखबाट नाति-नातिनीमा सर्दै जाने जीवन्त आशिर्वाद हो।
• संस्कारको सुवास,भान्साको स्वादमा, चाडपर्वको उत्साहमा, र ठूलालाई गरिने ‘नमस्ते’ मा भेटिन्छ।
• जब एउटी आमाले छोरालाई दुना-टपरी गाँस्न सिकाउँछिन्, वा बुबाले छोरीलाई कुल-देवताको पूजा गर्ने विधि बताउँछन्— त्यहीँ नै हाम्रो धर्म र पहिचान हस्तान्तरण भइरहेको हुन्छ।
• हाम्रा चाडबाड, हाम्रो भाषा, र पाहुनालाई गर्ने सत्कार— यी सब हामीले युट्युब हेरेर होइन, परिवारसँग बसेर सिकेका हौँ। त्यसैले, घर बलियो भए मात्र संस्कृति जोगिन्छ।
• आफ्ना बालबालिकालाई ग्याजेट (Gadgets) मात्र होइन, ‘गुन्द्रुक र ढिँडो’ को स्वाद अनि सम्बन्धका धागा पनि चिनाऔँ।
जरो बलियो भए मात्र रुख हरियो रहन्छ। आफ्नो ‘परिवार’लाई समय दिऔँ, संस्कृति त्यही समयले जोगाउने छ ।

