प्राथमिक शिक्षा वर्ग

हिन्दू स्वयंसेवक संघ नेपाल, लुम्बिनी सम्भागको आयोजनामा कपिलवस्तुको पकडीमा सात दिने आवासीय ‘प्राथमिक शिक्षा वर्ग’ उत्साहपूर्वक सञ्चालन भइरहेको छ।

यस आवासीय वर्गमा सहभागी शिक्षार्थीहरू आफूलाई अनुशासित र संस्कारयुक्त बनाउन विभिन्न सत्रहरूमा सहभागी भइरहेका छन्।

प्रशिक्षणका क्रममा शिक्षार्थीहरूले बिहानको समयमा योग, व्यायाम, आसन, सूर्य नमस्कार र ‘नियुद्ध’ (आत्मरक्षा) जस्ता शारीरिक अभ्यास गरिरहेका छन् भने दिउँसोको सत्रमा राष्ट्रप्रेम, धर्म-संस्कृति र मानवीय मूल्य-मान्यताका विषयमा बौद्धिक छलफल र प्रवचनहरूमा सहभागी भइरहेका छन्।

सात दिनसम्म चल्ने यस शिविरमा शिक्षार्थीहरूको खानपान र आवासको व्यवस्थापन सामूहिक रूपमा गरिएको छ, जसले उनीहरूमा आपसी भाइचारा र सहकार्यको भावना विकास गर्न मद्दत पुग्ने स्पष्ट छ।