हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग
हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभागले सुनसरी देवानगञ्ज गाउँपालिका वार्ड नं ६ को राजाजी डिहीबार थान मन्दिर अगाडि आयोजना गरेको समता, ममता र समरता भन्ने मूलमन्त्रअनुसारको मकर संक्रान्ति पर्वमा समुदायले उल्लासका साथ सहभागिता जनायो। पावन अवसरमा आयोजित सामूहिक खिचडी कार्यक्रमले परम्परा र समुदायिक एकतालाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ र कार्यक्रममा स्थानिय महिला, पुरुष तथा बालबालिकाको उत्साहले वातावरण थप धन्य बनायो।
प्रमुख वक्ता: श्री अरविन्द ठाकुर, कोशी सम्भाग व्यवस्था प्रमुख
प्रमुख अतिथि: श्री हरिनन्दन मेहेता, वडा नम्बर ६ को वडा अध्यक्ष
अध्यक्षता: श्री गुलाबचन्द मेहता, मा. सह-संघचालक देवानगञ्ज
यस प्रकारका सांस्कृतिक तथा सामुदायिक कार्यक्रमले मात्र पर्वको आनन्द दिनै नभइ सामाजिक सद्भाव र सेवा भावनालाई पनि बलियो बनाउँछन्। आयोजक संघका सक्रिय प्रचारक र विस्तारकहरू तथा स्वयंसेवकहरूको समर्पणले कार्यक्रम सफल भएको छ; आगामी दिनहरूमा समेत यसरी नै सांस्कृतिक संरक्षण र सामाजिक सेवा कार्यहरू निरन्तरता पाओस् भन्ने अपेक्षा राखिन्छ।







